सेयर बजार राताम्मे, २०३ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजार मापन गर्ने सूचक ३८.८३ अंकले घटेर परिसूचक १८४९.७९ बिन्दुमा झरेको छ । यो दिन बजार २.०६ प्रतिशतले घटेको छ ।

२६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा २०३ कम्पनीको सेयर मूल्य घटेको छ । १६ कम्पनीको बढेको छ ।

बजार राताम्मे बन्दा सबै समूहका उपसूचक घटेको छ । बैंकिङ समूहको १८.६७, विकास बैंक ७०.७१, वित्त ३४, होटल १२५.७१, जलविद्युत ६१.८०, जीवन बीमा २२८.८२, उत्पादन तथा प्रशोधन १७२.९६, माइक्रोफाइनान्स ६३.०६, निर्जीबन बीमा २२२.३४, अन्य २०.२०, ट्रेडिङ समूहको उपसूचक ३५.७३ अंकले घटेको छ ।

कारोबारमा आत्मािनर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै युनिलिभर नेपालको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । एशियन हाईड्रोपावर, युनिक नेपाल लघुवित्त, दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु