बजेटले वनस्पति घ्यू तेलको भन्सार १०% बनाएपछि संघको आपत्ति, उपभोक्ता मूल्य १५ रुपैयाँभन्दा बढ्ने चेतावनी
काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बजेटमार्फत भन्सार महशुल बढाइएको भन्दै त्यसलाई साविककै अवस्थामा राख्न अनुरोध गरेको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै बजेटले अत्यावश्यक वनस्पति घ्यू तेल उत्पादन गर्ने उद्योगहरुलाई गम्भीर एंव दीर्घकालीन असर पर्न जाने भएकोले स्वदेशी उद्योगहरुलाई राहत एवं संरक्षण प्रदान गर्न सरकारसँग आग्रह गरेको छ ।
बजेटमार्फत भन्सार महशुल पुनः १०% कायम गरिएको भन्दै संघले साविको १ प्रतिशत कायम गर्न सरकारसँग माग गरेको हो ।
यसअघि आर्थिक ऐन २०७९ को दररेट संशोधन सम्बन्धी नेपाल राजपत्र २०७९ भाद्र २३ गते मार्फत कायम १० % भन्सार महशुललाई १% कायम गरीएबाट उद्योगहरुले केहि राहत पाएको भए पनि आगामी आर्थिक वर्षको बजेटले त्यसलाई पुन १० प्रतिशत बनाएको भन्दै संघले आपत्ति जनाएको हो ।
भन्सार महसुल १ प्रतिशत कायम नगरे उपभोक्ताले १५ रुपैयाँ भन्दा बढी मूल्य थप तिर्नु पर्ने संघले जनाएको छ ।