रास्वपा उपसभापति अर्याल भन्छन्- सांसदलाई पैसा बाँड्ने कुरा मान्य हुँदैन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदलाई पैसा बाँडिने कुरा मान्य नहुने बताएका छन् ।

सांसदलाई पैसा बाँड्नु हुँदैन भनेर रास्वपाका सांसदले सदनमा पनि कुरा उठाएकाले यस्ता कार्यक्रम आफूहरुलाई मान्य नहुने उनले स्पष्ट पारे ।

‘बजेट आउनु अघिदेखि पनि भनिरहेका थियौं र अहिले पनि हामी त्यसमा स्पष्ट छौं,’ क्लिकमान्डुसँग उनले भने, ‘सदनमा पनि कुरा उठाएका थियौं, यो गलत छ ।’

बजेटका विषयमा धारणा बनाउन बठक बस्ने र त्यो बैठकले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनले बताए । ‘जेठ २१ गते प्रतिनिधि सभा बैठक बस्नुअगावै बजेटमाथि छलफल गरी सांसद विकास कोषलगायतका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्छौं,’ उपसभापति अर्यालले भने ।


क्लिकमान्डु