बैंक तथा सहकारीमा खाता खोल्न प्यान नम्बर अनिवार्य



काठमाडौं । बैंक तथा सहकारीमा खाता खोल्न प्यान नम्बर अनिवार्य हुने भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट यस्तो व्यवस्था भएको बताएका हुन् ।

उनले आगामी आवदेखि कुनै पनि बैंक खाता खोल्न वा सहकारीमा खाता खोल्न प्यान नम्बर (स्थाई लेखा नम्बर) अनिवार्य हुने बताएका हुन् ।

त्यस्तै, स्थायी लेखा नम्बरलाई परिचयपत्रसँग पनि आवद्धता गरिने बजेटमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु