प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड विनियोजन



काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड बिनियोजन गरेको छ ।

आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका लागि ३ अर्ब २२ करोड बिनियोजन गरिएको बताएका हुन् ।

सँगै परियोजनाअन्तर्गत सञ्चालित १६ वटा सुपरजोन, १७७ वटा जोनमा प्रविधि विस्तार र यान्त्रिकरण, इन्टर्न परिचालन र सिक्दै कमाउँदै लगायतका कार्यक्रम पनि परिचालन हुने भएको छ ।

प्रदेशमा सञ्चालित ६६० ब्लक र स्थानीय तहमा रहेका १०५३ पकेट क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालित गरिने बजेटमा व्यवस्था गरिएको छ ।

अहिले आगामी आवको लागि बजेट प्रस्तुत भइरहेको छ ।


क्लिकमान्डु