कारोबार रोक्का रहेको युनियन लाईफ इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट !



काठमाडौं । सेयर कारोबार रोक्का रहेको युनियन लाईफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार कारोबार सुरु भएलगत्तै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले इन्स्योरेन्स मर्जर भएर वैशाख २६ गतेबाट एकीकृत कारोबार गरेका छन । तीन कम्पनी मर्जर भएर ‘हिमालयन लाइफ इन्स्योरेन्स’ कम्पनीको नामबाट एकीकृत कारोबार भएको छ । मर्जर भएका तीन कम्पनीमध्ये एक कम्पनी युनियन लाईफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

नेप्सेको तथ्य अनुसार आइतबार युनियन लाइफको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँ ८० पैसा अर्थात १० प्रतिशतले बढेर ३९३ रुपैयाँ ८० पैसा रहेको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले कारोबार रोक्का रहेको कम्पनीको सेयर मूल्यमा कसरी सकारात्मक सर्किट लागेछ त्यसबारेमा बुझेर तत्काल सच्याउने बताए । यी कम्पनीहरु एक बराबर एक अनुपातमा मर्ज भएका हुन् ।


क्लिकमान्डु