१४ अर्ब लगानीमा हुम्ला कर्णाली जलविद्युत आयोजना बन्ने



फाइल तस्बिर

काठमाडौं । हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ४ र ५ मा हुम्ला कर्णाली जलविद्युत आयोजना बन्ने भएको छ। विद्युत विकास विभागले ६१.०२ मेगावाट क्षमताको आयोजना बनाउने भएको हो ।

विभागले वातावारणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरिसकेको छ । उक्त प्रतिवेदनअनुसार स्वीकृति क्षेत्र निर्धारण तथा कार्यसूचीअनुसार आयोजनाको लागत १४ अर्ब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

तर, सम्भाव्यता अध्ययनअनुसार भने आयोजनाको लागत १३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । जसमा प्रति किलोवाट उर्जा उत्पादन गर्न २ लाख २५ हजार ४ सय खर्च हुने उल्लेख गरेको छ ।

आयोजनाबाट स्वीकृत क्षेत्र निर्धारण तथा कार्यसूचीअनुसार सुख्खा याममा १५१.०६ गिगावाट, वर्षा याममा २९२.५५ गिगावाट र कुल वार्षिक ४४३.६१ गिगावाट उर्जा उत्पादन हुनेछ ।

आयोजनामा भर्टिकल एक्सिस फ्रान्सिस टर्बाइन हुनेछ । उक्त टर्बाइन ३ वटा हुने विभागले जनाएको छ । साथै, आयोजनामा १३२ केभी ट्रान्मिसन भोल्टेजको व्यवस्था हुनेछ ।

उक्त ट्रान्समिसन लाइन ३१.६ किलोमिटर लम्बाइ हुनेछ । जसमा स्विचयार्ड अफ हुम्ला कर्णाली क्यासकेड ढ९१४ मेगावाट) कनेक्सन पोइन्ट (स्थान) हुनेछ ।


क्लिकमान्डु