नयाँ स्टक चाहियो भन्दै लगानीकर्ता पुगे देउवा भेट्न, सांसदले प्रक्रिया प्रभावित पारेको आरोप



काठमाडौं । सेयर लगानीकर्ताहरु नयाँ स्टक एक्सचेञ्ज चाहियो भन्दै नेपाली काँग्रेसका सभापति सेयर बहादुर देउवालाई भेटन पुगेका छन् । सेयर लगानीकर्ताका संघहरुले नयाँ स्टक सहित विभिन्न ६ बुँदे माग सहित देउवालाई भेटेका हुन् ।

उनीहरुले लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गराउन आग्रह गरेका छन् ।

यस्तै १२ करोडसम्मको सेयर कर्जाको सिमाले सेयरबजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरेका छन् ।

‘यस्तै सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं’ जारी माग पत्रमा उल्लेख छ ।

यस्तै लगानीकर्तालाई अल्पकालिन र दीर्घकालीन लगानीकर्ताको रूपमा विभाजन गरी सोही अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गरेका छन् ।
यस्तै विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गगर्न, तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्न अनुरोध गरेका छन् ।

यी माग पुरा भएको खण्डमा सेयर बजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकाश हुने लगानीकर्ताको भनाइ छ
पुँजीबजारको विकास र विस्तारका लागि कमोडिटिज एक्सचेन्ज तथा खुल्ला तवरबाट धितोपत्र दलाल व्यवसायीको संख्या थप गर्ने निर्णयले लगानीकर्ताहरु दुसी भएको देउवालाई जानकारी गराए ।

भेटमा लगानीकर्ताहरुले धितोपत्र बोर्डले खुल्ला प्रणालीबाट लाईसेन्स वितरण गर्न लाग्दा अन्तिम चरणमा विभिन्न बहाना, अनावश्यक लान्छना र तथ्यहिन ढंगबाट उक्त प्रकृयालाई अवरुद्ध गर्न देउवालाई जानकारी गराए ।

लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज थप्ने प्रकृया क्याविनेट बाटै पास भई सबै कानुनी प्रकृयाहरु पुरा गर्दै वितरणको प्रकृया अन्तिम चरणमा पुग्नै लागेको अवस्थामा केहि दिन अगाडि सांसदहरू नै लाईसेन्स वितरण प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले उठाईएको आवाजको आपत्ति जनाएका छन् । यसले लगानीकर्तालाई मर्माहत तुल्याएको देउवालाई जानकारी गराए ।

‘विषयवस्तुको गहिराईमा नपुगि यसरी संसदमा उठाईने आवाजले केवल स्वार्थ समुहको त पक्षपोषण गर्ला तर राष्ट्रको अर्थतन्त्रको ऐनाको रुपमा चित्रित नेपालको पुँजिबजारलाई भने कदापि भलो गर्दैन’ लगानीकर्ताले देउवालाई दिएको माग पत्रमा उल्लखे छ, ‘वर्षौदेखि लगानीकर्ताहरूले उठाउँदै आएका आशा र भरोसाका मागहरू प्रति कुठाराघात हुने गरी आम लगानीकर्तालाई नै दिग्भ्रमित पार्ने गरी यसरी संसदमा कुरा राखिनु कदापि लगानीकर्ताहरूका साथै समग्र नेपालको अर्थतन्त्रको हितमा नहुने कुरा समेत प्रधानमन्त्री ज्यु समक्ष अवगत गराउन चाहान्छौं ।’ भेटमा देउवाले लगानीकर्ताको सबै मागका बारेमा आफु जानकार रहेको बताए ।


क्लिकमान्डु