सेयर कारोबारमा दोहोरो अंकको सुधार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

निकै उतार चढाबका बिच बजारमा दोहोरो अंकको सुधार देखिएको हो । बजार मापन गर्ने सूचक १६.४९ अंकले बढेर परिसूचक १९५९.१२ बिन्दुमा रोकिएको छ । २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा विकास बैंक २.१५, होटल १७१.४७, जीवन बीमा १२०.२०, उत्पादन तथा प्रशोधन २२०.६६, माइक्रोफाइनान्स ७७.११, निर्जीबन बीमा १२१.४५, अन्य २१.०९, ट्रेडिङ समूहको उपसूचक ३५.१५ अंकले बढेको छ ।

कारोबारमा १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८३ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा युनिलिभर नेपाल, शिवम सिमेन्ट, स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कारोबारमा अजोड इन्स्योरेन्स, सुपर मादी हाईड्रोपावर, लिबर्टी इनर्जीका सेयरधनीले गुमाएका छन् ।


क्लिकमान्डु