धितोपत्र बोर्डले दियो नयाँ सात ब्रोकरलाई लाइसेन्स



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ सात ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ ।

बोर्डमा नयाँ ब्रोकरका लागि आवेदन दिएका ४३ वटा मध्ये पहिलो चरणमा ७ वटाले ब्रोकरले लाईसेन्स पाएका हुन् । बोर्डले आशयपत्र दिएपछि पूर्वाधार तयार पारेका सात कम्पनीले लाइसेन्स पाएका हुन् ।

सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ७ वटालाई लाईसेन्स दिएको हो । लाइसेन्स पाउनेमा हिमालयन ब्रोकरेज कम्पनी, क्यापिटल म्यास सेक्युरिटिज, भोले गणेश सेक्युरिटीज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड रहेका छन् ।


क्लिकमान्डु