सेयर बजारमा सामान्य सुधार, सवा अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ८.१० अंकले बढेर परिसूचक १८९१.३१ बिन्दुमा रोकिएको छ । लामो समय बजारमा देखिएको भारी गिरावट क्रमैसँग सुधारको बाटो तय गर्न लागेको सेयर लगानीकर्ताहरुको तर्क छ ।

२७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा विकास बैंक १०.६६, वित्त १३.१५, होटल ५५.५३, जलविद्युत १४.२२, जीवन बीमा ८८.३२, उत्पादन तथा प्रशोधन १०७.५७, माइक्रोफाइनान्स १७.७५, निर्जीबन बीमा समूहको उपसूचक ७४.०८ अंकले बढेको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ०.२९, टे«डिङ समूहको उपसूचक २०.९९ अंकले घटेको छ ।


क्लिकमान्डु