स्थानीयले नकिनेको सहित थपेर आईपीओ निष्कासन गर्दै रावा इनर्जि



काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनिले आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर थपेर सर्वसारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ८ करोड ४० लाख रुपैयाँको ८ लाख ४० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको छ ।

कम्पनिले स्थानीय बासिन्दाले नकिनेको सेयर १ लाख ९३ हजार कित्ता थप गरेर सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनिले कर्मचारीलाई १५ हजार ४७ कित्ता, सामूहिक लगानी कोषलाई ३७ हजार ६१६ कित्ता सेयर छुट्याएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनिले जेठ १८ देखि २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु