१० महिनामा १२ खर्ब व्यापार घाटा, वैदेशिक व्यापार १७ प्रतिशतले घट्यो



काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापार १७.५४ प्रतिशतले घटेको छ । गत वर्षको १० महिनामा १७ खर्ब ७८ अर्बको व्यापार गरेको नेपालले चालू आवको सोही अवधिमा १४ खर्ब ६४ अर्बको वैदेशिक व्यापार गरेको छ ।

समीक्षा अवधिमा नेपालले १२ अर्ब ४ अर्बको व्यापार घाटा व्यापार गरेको छ । यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १५.८५ प्रतिशतले कमी हो । समीक्षा अवधिमा गत वर्षको व्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपैयाँ थियो ।

१० महिनामा १३ खर्ब ३५ अर्ब रुपैयाँको आयात भएको छ भने १ खर्ब ३० अर्बको निर्यात भएको छ । गत वर्षको सोही अवधिमा १६ खर्ब ४ अर्बको आयात भएको थियो भने १ खर्ब ७३ अर्बको निर्यात भएको थियो ।

समीक्षा अवधिमा गत वर्षको तुलनामा आयात १६.७८ प्रतिशतले घटेको छ भने निर्यात २४.४९ प्रतिशतले घटेको छ । कुल वैदेशिक व्यापारमा ९१.०७ प्रतिशत छ भने निर्यातको हिस्सा ८.९३ प्रतिशत छ ।

आयात–निर्यात हिस्सामा पनि आयात बढ्दो छ भने निर्यात घट्दो छ । समीक्षा अवधिमा गत वर्ष आयात ९०.२५ प्रतिशत र निर्यात ९.७५ प्रतिशत थियो ।

१० महिनामा वैदेशिक व्यापारमा १७.५४ प्रतिशतले कमी आउँदा     राजस्व ९७ अर्ब रुपैयाँले घटेको छ । विदेशी मुद्रा सञ्चितिका लागि विलासीका वस्तु आयातमा रोक लगाउँदा राजस्व घटेको हो ।

यो अवधिमा पेट्रोलियम पदार्थ मात्रै २ खर्ब ९१ अर्ब ७२ करोड रुपैयाँको आयात भएको छ । त्यस्तै आइरन र स्टिलको आयातमा १ खर्ब १४ अर्ब रुपैयाँ बिदेसिएको छ ।

सवारी साधन र त्यसका पार्टपुर्जा आयातमा समीक्षा अवधिमा ४१ अर्ब २७ करोड रुपैयाँ बराबर बिदेसिएको छ भने समीक्षा अवधिमा २७ अर्ब ५३ करोड रुपैयाँको तरकारीजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।


क्लिकमान्डु