सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा थप नयाँ सुविधा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ । डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकले हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाका अतिरिक्त अन्य उपयोगी सेवा थप गरेको हो ।

बैंकले आफ्ना विशेष ग्राहकलाई लक्षित गरी मोबाइलमार्फत प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको छ । यसअघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरमार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आएकोमा अब मोबाइल बैंकिङ एपमार्फत नै प्रिभिलेज सेवा प्रदान गर्नेछ ।

यसअन्तर्गत ग्राहकले बैंकका तोकिएका सम्पर्क अधिकृतमार्फत बिनाझन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । यसैगरी बैंकले, एपमार्फत नेपाल पे को क्यूआर सञ्चालनमा ल्याएको छ । अब बैंकका ग्राहकले फोन पे का अतिरिक्त नेपाल पे को क्यूआर कोडसमेत स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

साथै बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी ग्राहकले चेक रोक्का राख्नेलगायतका थप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकले देशभरका १८२ शाखा, ३ विस्तारित काउन्टर, १३९ एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु