सेयर बजारमा सामान्य बढोत्तरी, ९३ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । पछिल्लो समय कारोबार रकम पनि बढ्दै गएको छ । साताको पहिलो कारोबारमा आइतबार बजार मापन गर्ने सूचक ५.८८ अंकले बढेर परिसूचक १८८३.२० बिन्दुमा रोकिएको छ ।

२७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको ०.६६, होटल ९३.९७, जीवन बीमा ३७.५४, माइक्रोफाइनान्स १९.५८, निर्जीबन बीमा २४५.३६, ट्रेडिङ समूहको उपसूचक ४३.५२ अंकले बढेको छ । कारोबारमा विकास बैंक ७.८८, वित्त २.७९, जलविद्युत ६.५१, उत्पादन तथा प्रशोधन समूहको उपसूचक २७.४२ अंकले घटेको छ ।

कारोबारमा राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट तहमा कारोबार भएको छ । पोखरा फाइनान्स, तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले कमाएका छन् ।

कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था, मदांकिनी हाईड्रोपावर, राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सनका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम सिमेन्न अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड १७ लाख ६५ हजार ४० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा राष्ट्रिय बिमा कम्पनी र तारागाँउ रिजेन्सी होटल रहेको छ । कारोबारमा ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु