नेप्सेमा भएको नेपाल राष्ट्र बैंकको सेयर बिक्री, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेप्सेमा आफ्नो स्वामित्वमा भएको ६९.७७ प्रतिशत सेयर राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गरेको छ ।
हाल नेप्सेमा नेपाल राष्ट्र बैंकको ७ लाख २९ हजार ९८९.५ कित्ता सेयर छ । जसबाट दुवै निकायबीच भएको आपसी समझदारीपछि राष्ट्र बैंकको ५ लाख ९ हजार ३४२ कित्ता सेयर प्रतिकित्ता ६७६ रुपैयाँ ५२ पैसाका दरले ओटीसी बजारमार्फत वाणिज्य बैंकलाई बिक्री गरेको हो ।
यसअघि नेप्सेमा नेपाल राष्ट्र बैंकको १४.६ प्रतिशत र वाणिज्य बैंकको ६.१४ प्रतिशत सेयर स्वामित्व थियो ।
नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, लक्ष्मी बैंकको ५, प्रभु बैंकको ५ तथा अन्य कम्पनीको ०.६ प्रतिशत सेयर स्वामित्व छ ।