वर्षायाममा मासिक ५०, हिउँदमा ३० युनिटसम्म बिजुली नि:शुल्क दिने सरकारको घोषणा



काठमाडौं । सरकारले बर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराएने भएको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उर्जामा सबै नागरिकको पहुँच विस्तार गर्न सरकारले काम गर्ने भएको हो ।

आगामी २ वर्षभित्र सबैको घरमा विद्युत पुग्ने भएको छ भने विपन्न वर्गलाई निशुल्क विद्युतको मिटर उपलब्ध गराइने सरकारको नीति तथा कार्यक्रममा रहेको छ ।

खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गरिने भएको छ ।


क्लिकमान्डु