नीति तथा कार्यक्रम: पुँजी बजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने



काठमाडौं । सरकारले पुँजी बजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने भएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै सरकारले पुँजी बजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने भएको उल्लेख गरे ।

पुँजी बजारमा गैरा आवासीय नेपालीलाई लगानी खुला गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सरकारी ऋणपत्र र नीजि क्षेत्रका आयोजनाको आईपीओमा लगानी गर्न प्रेरित गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।


क्लिकमान्डु