भारतको नयाँ दिल्लीमा आइएमई इन्डियाको शाखा स्थापना



काठमाडौं । आइएमई इन्डिया प्रालिले भारतको राजधानी नयाँ दिल्लीस्थित कनाट प्लेस-बाह्रखम्बा रोडमा नयाँ शाखा खोलेको छ । जेठ ४ गते आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले शाखा उदघाटन गरेका छन् ।

आइएमई इन्डियाले नयाँ शाखामार्फत विदेशी मुद्रा सटही र आईडीएफसी बैंकसँगको सहकार्यमा इन्डो-नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउनेछ । शाखा उद्घाटन गर्दै राजदूत शर्माले नयाँ दिल्ली सहरको मुटु रहेको कनाट प्लेसमा नयाँ कार्यालय शाखा खोलेकोमा आइएमई इन्डियालाई बधाई दिए ।

नयाँ शाखामार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयलाई रेमिट्यान्स सेवा तथा इन्डो-नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास उनको छ ।

कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए । यसबाट भारतमा रहेका नेपालीलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने पनि उनको भनाइ छ ।


क्लिकमान्डु