हिमाल दोलखा हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, कसले पाउँछ आवेदन दिन ?



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.७५ अनुपात (७५ प्रतिशत) सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।
जेठ २२ गतेदेखि असार १० गतेसम्म निष्कासन हुने सेयरमा वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाउँछन् ।

यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सकिने छ । यस्तै सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु