सिटी होटलको आईपीओ बाँडफाँट



काठमाडौं । सिटी होटल कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँफाँट भएको हो । कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये १ लाख ३५ हजार ५९४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

आइपीओमा १० लाख ९२ हजार ६६७ जना आवेदकले आवेदन दिएका थिए । कम्पनीले वैशाख २५ देखि २८ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

लगानीकर्ताले आईपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, सिटी होटलको वेबसाइट, सीडीएस एन्ड क्लियरिङले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो सेयर मार्फत थाहा पाउन सकिने छ ।


क्लिकमान्डु