पुँजी बजारको सेटिङ भत्काउने गरी छानबिन हुन्छ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शरणार्थी प्रकरणमा मात्र नभइ पुँजी बजारको सेटिङका बारेमा पनि छानबिन हुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा सांसद सर्वेन्द्रनाथ शुक्लाले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सबै खालको भ्रष्टाचार अन्त्य गर्ने गरी अघि बढेको बताए ।

‘भ्रष्टाचारलाई कुनै पनि छुट दिइनुहुँदैन । सबै भ्रष्टाचार अन्त्य गर्ने दृढ इच्छाका साथ अघि बढेका छौं,’ प्रधानमन्त्रीले भने, ‘नक्कली भुटानी शरणार्थीलाई मात्रै होइन । अन्य तमामा ठूला घटनाको छानबिन गर्ने र सम्पत्ति शुद्धीकरण र राजस्वमा भएका ठूला चलखेल र पुँजी बजारको सेटिङ भत्काउने गरि छानबिन हुन्छ ।’

देश अप्ठ्यारोमा पर्नुको कारण संस्थागत भ्रष्टार भएको भन्दै प्रधानमन्त्रीले राजनीतिक दलहरुले आफूलाई सच्याउने अवसर पाएको बताए ।

‘देश अप्ठ्यारोमा पर्नुको कारण संस्थागत भ्रष्टचार हो । अपिल छ हामीलाई आफूलाई सच्याउने अवसर छ,’ उनले भने, ‘भ्रष्टाचार र विकृतिका विरुद्ध नयाँ अभियानको थालनी गरेर लोकतन्त्र र गणतन्त्रका लागि शुसानका लागि राम्रो व्यवस्था हो भन्ने बनाउने अवसर छ ।’


क्लिकमान्डु