सेयर बजारमा हरियाली
काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । लामो समयपछि बजारमा हरियाली छाएको हो ।
बुधबार बजार मापन गर्ने सूचक २३.३९ अंकले बढेर परिसूचक १८४५.०१ बिन्दुमा रोकिएको छ ।
यो दिनको कारोबारमा २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिनको कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।
कारोबारमा बैंकिङ समूहको ८.६५, विकास बैंक ५४.९३, वित्त ३४.५६, होटल २०, जलविद्युत ४९.२८, जीवन बीमा ९३.३७, उत्पादन तथा प्रशोधन ३७.८२, माइक्रोफाइनान्स ३१.१८, निर्जीबन बीमा १७१.२३, अन्य समूहको उपसूचक ३०.२८ अंकले बढेको छ ।
कारोबारमा आत्मनिर्भर लघुवित्त, इस्टर्न हाईड्रोपावर, ग्रिनलाइफ हाईड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, साहस उर्जाका लगानीकर्ताले कमाएका छन् । यस्तै माइखोला हाईड्रोपावर, युनिक नेपाल लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ५ करोड ४६ लाख ५८ हजार ६८५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल दूरसञ्चार कम्पनी, एनआईसी एशिया बैंक रहेको छ ।