प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घट्यो, अब कति ?



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई दिन भनेर घोषणा गरेको यसअघिको लाभांश घटेको छ ।

बीमा प्राधिकरणले गरेको व्यवस्था अनुसार लाभांश संशोधन भएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
अब भने १०.३१ प्रतिशत लाभांश दिने भएको छ ।

आज बिहान बसेको सञ्चालक समितिको बैठकले ९.८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश दिने प्र्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।


क्लिकमान्डु