एफपीओ निष्कासन गर्दै युनिक नेपाल लघुवित्त



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको ३ लाख ७९ हजार ४२५ कित्ता  एफपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जेठ ११ देखि १६ सम्म सेयर निष्कासन गर्ने जनाएको छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरे जेठ २५ सम्म समय थप हुनेछ ।

साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय संस्था मर्ज भएर बनेको युनिकले सेयर निष्कासन गर्न लागेको हो ।

यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ । एफपीओेमा लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था एवं मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु