महानगरभित्रका कर्मचारीले घुस मागे सम्पर्क गर्न बालेनको आग्रह, सार्वजनिक गरे मोबाइल नम्बर



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले आफ्नो कार्यक्षेत्रभित्र कुनै पनि कर्मचारीले घुस मागे सम्पर्क गर्न आह्वान गरेका छन् ।

प्रमुख शाहले सोमबार राति सामाजिक सञ्जालमा मार्फत घुस मागेको प्रमाणसहित सम्पर्क गर्न आग्रह गर्दै ह्वाट्सएप मार्फत सम्पर्क गर्न नम्बर सार्वजनिक गरेका छन् ।

विनाप्रमाण कसैमाथि भ्रष्टाचारको आरोप लगाउनु भन्दा भिडियो अडियोको प्रमाणसहित सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

बालेनले लेखेका छन्, ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित । कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला । हामीलाई 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।’


क्लिकमान्डु