पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ



काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी रायमाझीलाई बूढालीनकण्ठबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंले वैशाख २० गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी अर्घाखाँचीबाटै फरार भएका थिए । प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिसकेको छ ।

यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण २७ गते पक्राउ परिसकेका छन् । प्रहरीले खाण र उनका सहयोगी नरेन्द्र केसीलाई खाणको निवासबाट एकै दिन पक्राउ गरेको हो ।


क्लिकमान्डु