सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १६.९६ अंकले घटेर परिसूचक १८२१.६४ बिन्दुमा ओर्लिएको छ ।
२६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे देखिएको छ ।
कारोबारमा बैंकिङ समूहको ८.६७, विकास बैंक ३८.६२, वित्त १९.२८, जलविद्युत ५०.५५, जीवन बीमा ४०.३१, उत्पादन तथा प्रशोधन ६९.२५, माइक्रोफाइनान्स १६.४२, निर्जीबन बीमा ४०.५३, अन्य २७.९२, ट्रेडिङ समूहको उपसूचक ११.०२ अंकले घटेको छ । कारोबारमा ४० कम्पनीको सेयर बढेको छ भने १६९ कम्पनीको सेयर मुल्य घटेको छ ।
कारोबारमा आत्मनिर्भर लघुवित्त, नागरिक लगानी कोष, मिथिला लघुवित्त, बाराही हाईड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्थाका सेयरलगानीकर्ताले कमाएका छन् ।
यस्तै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, स्वेत गंगा हाईड्रोपावर कम्पनीका सेयरधनीले गुमाएका छन् ।