मोदी इनर्जीको आईपीओ बाँडफाँट
काठमाडौं । मोदी इनर्जी कम्पनीले निष्कासन गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले आज आईपीओ बाँडफाँट गरेको छ ।
आईपीओमा आवेदन दिएका मध्ये ५ लाख ६१ हजार २२६ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले आवेदन दिएका थिए । त्यसबाट ६ हजार ५२८ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले वैशाख १९ देखि २४ गतेसम्म ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष, १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि निष्कासन गरेको थियो । यस्तै सर्वसाधारणका लागि ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्कासन गरेको थियो । यस्तै २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय, ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
आईपीओको नजिता बिक्री प्रबन्धक सनराइज क्यापिटल, मोदी इनर्जीको, मेरो सेयर र सिडिएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।