मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा: नीतिगत दर यथावत, बैंक दर १ प्रतिशत बिन्दुले घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्यमान बैंक दरलाई घटाएको छ । आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले बैंक दरलाई घटाएको जनाएको हो ।

‘मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थीर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुको सम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई७ प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको छ ‘ समीक्षामा भनिएको छ ।

यस्तै ब्याजदर करिडोरअन्र्तगतका अन्य दरहरुलाई यथावत राखिएको छ । राष्ट्र बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अद्र्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको छ ।

अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमीे आएको छ । दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको जनाएको छ ।


क्लिकमान्डु