सेयर बजार ३.३४ अंकले घट्यो, ६४ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा सामान्य अंकले घटेको छ । बजार मापन गर्ने सूचक ३.३४ अंकले घटेर परिसूचक १८३८.५९ बिन्दुमा रोकिएको छ ।

२५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा बैंकिङ समूहको ०.६२, जीवन बीमा समूहको उपसूचक १.७२ अंकले बढेको छ भने विकास बैंक १६.६४, वित्त १०.३८, जलविद्युत ९.४२, माइक्रोफाइनान्स १८.६३, निर्जीबन बीमा २६.९६, ट्रेडिङ समूहको उपसूचक ११.८७ अंकले घटेको छ ।

कारोबारमा आत्मनिर्भर लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, इस्टर्न हाईड्रोपावर, कुमारी इक्विटी फण्डका लगानीकर्ताले कमाएका छन् । यस्तै फरवार्ड माइक्रोफाइनान्स, बाराही हाईड्रोपावर, एशियन हाईड्रोपावर, बलेफी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३ करोड १५ करोड ६ हजार ३६३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर र शिवम सिमेन्ट रहेको छ ।


क्लिकमान्डु