ओलीको प्रश्न: सोझै पैसा बुझाउनेहरुलाई छाडेर टोपबहादुरलाई किन पक्राउ पुर्जी जारी भयो होला ?

238
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा सोझै पैसा बुझाउनेहरुलाई छाडेर आफ्ना पार्टीका सांसद टोपबहादुर रायमाझीविरुद्ध किन पक्राउ पुर्जी जारी भयो होला भन्दै प्रश्न गरेका छन् ।

आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताए।

‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं । तर हामी आश्यर्च चकित भयौं’ ओलीले भने, ‘खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरु छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन गर्यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? किन त्यसप्रकारको व्यवहार गरियो ?’

तर आफूले टोपबहादुर यसरी सम्पर्कविहीन होलान् भनेर आफूले नसोचेको ओलीले बताए । टोपबहादुर निकटहरुले आफूलाई हिजो फोन गरेको र प्रहरीमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न भनेको भए पनि उनी उपस्थित नभएको उनले बताए ।

Skip This