सेयर बजार सामान्य घट्यो, कारोबार रकम पनि निरन्तर घट्दै
काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा सामान्य गिरवाट आउँदा कारोबार रकम भने न्यून रहेको छ । बजारमा झिनो अंकको गिरावट आउँदा कारोबार रकम निकै घटेको छ ।
बजार मापन गर्ने सूचक २.४३ अंकले घटेर परिसूचक १८४१.९३ बिन्दुमा रोकिएको छ । २५६ कम्पनीको १९्र लाख ४२ हजार ६२६ कित्ता सेयर ५८ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको २.६३, विकास बैंक ८.९०, होटल १४.३९, जीवन बीमा ९.२०, अन्य समूहको उपसूचक १०.७८ अंकले घटेको छ । यस्तै वित्त समूहको ३.१६, जलविद्युत २.१२, उत्पादन तथा प्रशोधन २६.०३, निर्जीबन बीमा समूहको उपसूचक ३०.८३ अंकले बढेको छ ।