गोल्डेन भिसा लिएर दुबई बस्ने र त्यहाँ घर हुनेकाे नाम सार्वजनिक गर्छुः सांसद सिंह




काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गोल्डेन भिसा लिएर नेपालमा बस्नेहरुको नाम केही दिनभित्रै सार्वजनिक गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा अर्धनग्न भएर विरोध जनाएका सिंहले आजको बैठकमा अर्को चेतावनी दिएका हुन् । उनले अर्थमन्त्रीसँग समय लिएर दुबई (यूएईको एक सहर)मा घर हुनेहरुको नाम सार्वजनिक गर्ने बताए ।

‘म अर्थमन्त्रीलाई अर्को दिन समय लिन्छु, आज यहाँ घोषणा गरेर जान्छु’ उनले भने, ‘यो देशको कुन-कुन घरानाको, कुन-कुन व्यक्तिको गोल्डेन भिसा छ र दुबईमा घर छ, उनीहरुको नाम सार्वजनिक गर्छु ।’

यस्ता व्यक्तिले नेपालको पैसा बाहिर लैजाने र देशलाई भित्र-भित्रै खोक्रो पार्ने उनको आशय छ ।


क्लिकमान्डु