ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९ जना बने भाग्यमानी
काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले निष्कासन गरेको सेयर आज बिहान बाँडफाँट भएको छ ।
कम्पनीले निष्कासन गरेको सेयरबाट १ लाख २६ हजार ८६३ जना सर्वसाधारण आवेदकले गोलाप्रथाबाट सेयर हात पारेका छन् ।
आईपीओ हात पारेका मध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ता सेयर पाएका छन् । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आईपीओमा १२ लाख ३ हजार ९९५ जनाले आवेदन दिएकोमा ४ हजार २८ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले वैशाख १३ देखि १७ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६३९ कित्ता सेयर निष्कासन गरेको थियो । आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, इङवा हाइड्रोपावरको वेबसाइट, मेरो सेयर र सीडीएससीले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।