सेयर बजार राताम्मे बन्दा कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजार मापन गर्ने सूचक १६.९३ अंकले घटेर परिसूचक १८३३.६९ बिनदुमा रोकिएको छ ।

२७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड ४२ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् ।

बैंकिङ समूहको ६.५०, विकास बैंक १३.७१, वित्त कम्पनी १८.४१, होटल ८४.५६, जलविद्युत ४३.८०, जीवन बीमा १२१.४९, उत्पादन तथा प्रशोधन ३०.२०, माइक्रोफाइनान्स २६.८०, निर्जीबन बीमा १०६.९४, ट्रेडिङ समूहको उपसूचक १२.३५ अंकले घटेको छ ।

कारोबारमा आत्मनिर्भर लघुवित्त, एनआईबिएल ग्रोथ फण्ड, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । इस्टर्न हाईड्रोपावर, शिव श्री हाईड्रोपावर, बलेफी हाईड्रोपावर, मल्टिप्रपोज फाइनान्स, किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु