सिटी होटलको आईपीओ निष्कासन
काठमाडौं । सिटी होटलले सर्वसाधारणका लागि साधारण सेयर ९आईपीओ० निष्कासन गरेको छ ।
कम्पनीले १६ लाख ७४ कित्ता मध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ६६ हजार ९६० कित्ता सेयर कर्मचारी र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा वैशाख २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ८ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।