सेयर बजारमा दोहोरो अंकको सुधार



काठमाडौं । लामो समयपछि सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकममा पनि केही सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १२.७३ अंकले बढेर परिसूचक १८६९.७३ बिन्दुमा रोकिएको छ ।

२७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा हरियाली देखिएको छ ।

बैंकिङ समूहको उपसूचक ४.१८, विकास बैंक २२.३७, वित्त २०.३९, होटल २६.९१, जलविद्युत २९.२९, जीवन बीमा ५०.७१, उत्पादन तथा प्रशोधन २६.०५, माइक्रोफाइनान्स २१.३९, निर्जीबन बीमा १३१.६७, ट्रेडिङ १४.८५, अन्य समूहको उपसूचक १२.४६ अंकले बढेको छ ।

कारोबारमा नबिल ग्रोथ फण्ड, लक्ष्मी लघुवित्त, सयपत्रि हाईड्रोपावर, आत्मनिर्भर लघुवित्त, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् भने इस्टर्न हाईड्रोपावर, बाराही हाईड्रोपावर पब्लिक, रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले कमाएका छन् ।

कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । कारोबारमा ४ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट र नबिल बैंक रहेको छ ।


क्लिकमान्डु