काठमाडौं महानगरभित्र बाह्य विज्ञापन गर्न अनुमति लिन १५ दिने सूचना



काठमाडौं । काठमाडौं महानगरभित्र बाह्य विज्ञापन गर्न अनुमति लिने तथा नवीकरण गर्नका लागि महागरले १५ दिने सूचना निकालेको छ ।

महानगरपालिकाले महानगरभित्र विज्ञापन बोर्ड तथा प्रचार सामग्रीको प्रयोग गरि बाह्य विज्ञापन गर्ने विषयमा कानुनबमोजिम प्रक्रिया पुरा गरेर १५ दिनभित्र विज्ञापन दाताहरुले अनुमति लिनुपर्ने वा नवीकरण नगरेका विज्ञापन दाताहरुले नविकरण गर्नुपर्ने भन्दै सूचना निकालेको हो ।

महानगरले वैशाख १७ गते गरेको निर्णयअनुसार राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाईमा निवेदन दिन भनेको छ।

तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताहरुको विज्ञापन बोर्ड महानगरले हटाउने र त्यसो गर्दा सामान नष्ट भएमा महानगर जवाफदेही नहुने पनि सूचनामा उल्लेख गरिएको छ ।

सँगै अनुमति नलिएका वा नवीकरण नगरेका बोर्डहरु हटाउँदा लाग्ने खर्च सम्बन्धित विज्ञापन दाता वा घर जग्गधनीबाट असुल गरिने पनि महानगरले जनाएको छ ।


क्लिकमान्डु