वैशाख अन्तिममा आईपीओ जारी गर्दै नेपाल रिपब्लिक मिडिया, ५०० कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सर्वसाधारण र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपाली र दोस्रो चरणमा सर्वसाधारका सेयर जारी गर्ने भएको छ ।

सर्वसाधारणलाई २६ देखि ३० गतेसम्म सेयर जारी गर्ने भएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ ।

यस्तै रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म सेयर जारी गर्ने भएको छ ।

कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । जसबाट १ लाख ७४ हजार १२० कित्ता सेयर कम्पनीका कर्मचारी, २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

विदेशमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३ सय कित्ता र सर्वसाधारणका लािग ३५ लाख २५ हजार ९३० कित्ता निष्कासन गर्ने भएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सकिने छ ।

कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । लगानीकर्ताले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु