धितोपत्र बोर्डबाट थप १३ सहित २९ नयाँ ब्रोकरले पाए आशय पत्र, बाँकी के होला ?
काठमाडौं । धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकरलाई आशय पत्र (एओआई) दिएको छ ।
बुधबार बसेको सञ्चालक समिति बैठकले थप १३ कम्पनीलाई आशय पत्र दिएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।
नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये पहिलो चरणमा १६ वटाले आशय पत्र पाएका थिए भने दोस्रो चरणमा १३ वटाले पाएका छन् । याे सहित आशय पत्र पाउनेको संख्या २९ पुगेको छ । बाँकी कम्पनीको चरणबद्ध रुपमा आयश पत्र दिँदै जाने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
ब्रोकरका लागि बोर्डमा आवेदन दिएका बाँकी कम्पनीको अध्ययन भइरहेको बताइएको छ ।
बोर्डले नयाँ ब्रोकर कम्पनीलाई आयश पत्र दिएपछि कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार पार्नुपर्छ । पूर्वाधार तयार पारेपछि सेबोनले अनुगमन गर्ने छ । अनुगमन गर्दा मापदण्ड पुरा गरेको पाएमा ब्रोकर लाईसेन्स पाउने छन् । नयाँ ब्रोकरका लागि ४५ वटा कम्पनीले आवेदन दिएका छन् ।