सुपर ३० म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सुपर ३० म्युचुअल फण्डमा आवदेन दिने आज अन्तिम दिन रहेको छ ।

फण्डमा कार्यालय समयभित्र आवेदन दिन सकिने छ । सटिजन्स बैंक कोष प्रबद्र्धक रहेको, सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको फण्ड ६ गते देखि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुला भइरहेको हो ।

कुल जारी इकाईको हालसम्म ९० प्रतिशत आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ ।

फण्डमा सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु