सेयर बजारमा गिरावट कायमै



काठमाडौं । सेयर बजारमा गिरावट कायमै छ । बजारमा गिरावटसँगै कारोबार रकम पनि घट्दो क्रममा रहेको छ ।

बजार मापन गर्ने सूचक ९.१८ अंकले घटेर परिसूचक १८५७.२३ बिन्दुमा रोकिएको छ । २६५ कम्पनीको २१ लाख ५५ हजार ५८६ कित्ता सेयर ६२ करोड २ लाख ६६ हजार १६ रुपैयाँको सेयर किनबेच भएको छ ।

रोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको १.९८, विकास बैंक ८.०१, वित्त १२.२९, होटल ५२.६०, जलविद्युत २९.२३, जीवन बीमा ५९.६९, माइक्रोफाइनान्स २१.४१, निर्जीबन बीमा १४.५९, अन्य समूहको उपसूचक १४.५२ अंकले घटेको छ ।

बजारमा गिरावट आउँदा आत्मनिर्भर लघुवित्त, स्वेत गंगा हाईड्रोपावर, इन्फिनीटी लघुवित्त, युनिलिभर नेपालका लगानीकर्ताले कमाएका छन् भने सान्जेन जलविद्युत कम्पनी, मदाङकिनी हाईड्रोपावर, सनराइज ब्लु चिप फण्डका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु