सचिव टेकनारायण पाण्डे पक्राउ



काठमाडौं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले उनलाई बुधबार दिउँसो पक्राउ गरिएको हो । पक्राउ गरिएका पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।

०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवमा कार्यरत उनी मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि घर छाडेर हिँडेका थिए ।

गृहमन्त्रालयको सचिव भएको बेला नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका हुन् ।


क्लिकमान्डु