ज्ञानेश्वरमा २ रोपनी क्षेत्रफलमा आरभी ग्रुपले ‘अभ्रा भिल्ला’ बनाउँदै



काठमाडौं । काठमाडौंको ज्ञानेश्वरमा आरभी ग्रुपले ‘अभ्रा भिल्ला’ बनाउने भएको छ । आरभी ग्रुपद्वारा सञ्चालित आर इन्भेष्टमेन्ट कम्पनीले ज्ञानेश्वरमा २ रोपनी क्षेत्रफलमा ‘अभ्रा भिल्ला’ बनाउने भएको हो ।

निर्माणको तयारीमा रहेको भिल्लामा १८ वटा युनिटको अपार्टमेन्ट हुने छ । कम्पनीले २ हजारदेखि ४३ सय वर्गमिटर क्षेत्रफलमा विभिन्न प्रकारका युनिटको व्यवस्था गर्नेछ ।

हालसम्ममा १८ मध्ये ९ वटा युनिट बिक्री भइसकेको छ । बाँकी ९ वटा युनिट बिक्री हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।
निशित मित्तलको लगानीमा निर्माण हुन लागेको अपार्टमेन्टमा विभिन्न प्रकारका फ्ल्याटको व्यवस्था हुनेछ ।

कम्पनीकाअनुसार ६ वटा फ्ल्याट २०५२ स्क्यारफिटमा निर्माण हुने छ । कम्पनीले दक्षिणतर्फको वानबी, टुबी, थ्रीबी, फोरबी, फाइभबी, सीक्सबी युनिटको अपार्टमेन्ट डिलक्स थ्री बीएचकेमा निर्माण गर्ने जनाएको छ । जसमा ३/३ वटा बेडरुम र बाथरुम हुनेछ ।

त्यसैगरी उत्तरतर्फको वानए, टुए, थ्रीए, फोरए, फाइभए र सीक्सए युनिटको अपार्टमेन्ट थ्री बिएचकेको सुविधासहित २१७२ स्क्यायरफिटमा निर्माण गर्ने भएको कम्पनीको भनाइ छ । यसमा पनि निजी डेकसहित थ्री बीएचकेको व्यवस्था हुनेछ ।

सेभेनबी र एटबी युनिटको अपार्टमेन्ट ३८३७ स्क्यारफिटमा निर्माण हुने कम्पनीले जनाएको छ । उक्त अपार्टमेन्टमा फोरबीचकेसहित डबल हाइटेड लिभिङ रुम, होम थिएटर, पढ्ने कोठा र निजी ज्याकुजी हुने छ ।

अपार्टमेन्टको सेभेनए र एटए युनिट ४३६३ स्क्वायरफिटमा निर्माण हुनेछ । सो युनिटमा डिलक्स फोर बीएचकेसहित होम थिएटर, पढ्ने कोठा र निजी ज्याकुजीको सुविधा हुनेछ ।

त्यस्तै नाइन बी र १० बी युनिटको अपार्टमेन्ट ३८२९ स्क्वायरफिटमा निर्माण गर्ने कम्पनीले जनाएको छ । जसमा फोर बीएचकेसहित डबल हाइटेड लिभिङ रुम, होम थिएटर, पढ्ने कोठा र निजी ज्याकुजी हुनेछ ।

कम्पनीले नाइन ए टेन ए अपार्टमेन्ट पनि ४३६३ स्क्यारफिटमा निर्माण गर्नेछ । उक्त अपार्टमेन्टमा फोर बीएचके डिलक्ससहितका होम थिएटर, पढ्ने कोठा र निजी ज्याकुजीको सुविधा हुनेछ ।

त्यसैगरी ११औं तल्लामा अभ्रा पेन्टहाउस ४०१४ स्क्यावरफिटमा निर्माण हुने छ । उक्त अपार्टमेन्टमा डिलक्स फोर बीएचकेसहित होम थिएटर, डेक, र निजी ज्याकुजीको व्यवस्था हुनेछ । १२औं तल्लामा भने अभ्रा पेन्टहाउससहित टेरेस टप ३७६१ स्क्वारफिट र २५१९ स्क्यावरफिट (टेरेस एरिया) हुने कम्पनीको भनाइ छ । कम्पनीअनुसार सो युनिटमा डिलक्स फोरबीएचकेसहित पढ्ने कोठा, डेक र निजी ज्याकुजीको व्यवस्था हुनेछ ।

अपार्टमेन्ट बुकिङका लागि डाउनपेमेन्टको सुविधा दिएको छ । जसमा बुकिङ गरेको समयमा ३० प्रतिशत रकम भुक्तानी गर्नुपर्नेछ । त्यसपछि विभिन्न चरणमा ७० प्रतिशत रकम दिनुपर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले निर्माण कार्यसँग लिङ्क गरेर रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरेको छ । कम्पनीले बुकिङको समयमा ३० प्रतिशत, उत्खनन कार्य सुरु भएको समयमा, बेसमेन्ट स्ल्याब बनाउने बेलामा, पहिलो तल्ला, तेस्रो तल्ला, सातौं तल्ला र दशौं तल्लाको निर्माण सुरु गर्ने बेलामा १०/१० प्रतिशतको दरले रकम भुक्तानी गर्नुपर्नेछ ।

त्यस्तै प्लास्टर काम सुरु गर्ने अवधिमा ५ प्रतिशत, रङ लगाउने कार्य सुरु गर्ने बेला ५ प्रतिशत अर्थात् ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने कम्पनीको भनाइ छ । साथै, निर्माण सम्पन्न भई हस्तान्तरण गर्ने समयमा ५ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ ।

अपार्टमेन्टमा विभिन्न सुविधाको व्यवस्था गरिएको छ । कम्पनीकाअनुसार अपार्टमेन्टमा गार्ड, लबी, फिटनस क्लब (जीम, चेन्जिङ रुम, स्टिम बाथ र मसाज रुम) को सुविधा हुनेछ ।

भिल्लामा इन्डोर स्वीमिङ पुल, आउटडोर डेक, मन्दिर, सर्भिस यार्ड, वाल्किङ ट्रयाक, बालबच्चाका लागि ग्राउन्ड, कम्यूनिटी हल, गेम रुम, आउटडोर ग्यादरिङ स्पेस, एचटी आइसेलेटर र मिटर रुमको व्यवस्था हुनेछ ।


क्लिकमान्डु