चिलिमे हाइड्रोपावरको नाफा १.३३ प्रतिशतले बढयो, विद्युत बिक्रीबाट हुने आय घट्यो



काठमाडौं । चालु आर्थिक नौ महिनामा चिलिमे हाइड्रोपावर कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा १.३३ प्रतिशतले बढेर ५२ करोड ८९ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ५२ करोड २० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको नाफा बढेपनि विद्युत बिक्रीबाट हुने आय २.३३ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तमा कम्पनीको विद्युत बिक्री गरेर ८२ करोड ३४ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले विद्युत बिक्री गरेर ८० करोड ४२ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा रहेको छ ।


क्लिकमान्डु