महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक लेखा जोखा र दायित्वको मूल्याङ्कन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सले मुनाफामा सरिक हुने(बोनस आर्जन गर्ने) गरी जारी गरिएका बिमालेहरु अन्तर्गत प्रति वर्ष प्रतिहजार बिमाङ्कमा बोनसदर निर्धारण गरेको जनाएको छ ।

इन्स्योरेन्सले बीमितलाई बिमा अवधि र बिमा योजनाअनुसार प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस दिने भएको छ ।

इन्स्योरेन्सको महालक्ष्मी सावधि बिमा योजनामा बिमा अवधिअनुसार बिमितले प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर पाउने छन् । इन्स्योरेन्सले महालक्ष्मी सरल जीवन बिमा योजना र जीवन हेरचाह बिमा योजना र अवधिअनुसार न्यूनतम प्रतिहजार ५० रुपैयाँदेखि ५१ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

महालक्ष्मी वार्षिक धनफिर्ता बिमा योजनामा सबै अवधिका लागि इन्स्योरेन्सले प्रतिहजार ४० रुपैयाँ बोनसदर कायम गरेको छ ।
यस्तै, कम्पनीका अनुसार कम्पनीको महालक्ष्मी धनधान्य बिमा योजना अन्तर्गत सबै अवधिमा प्रतिहजार ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बिमा योजनामा सबै अवधिमा प्रतिहजार ५० रुपैयाँ बोनसदर कायम भएको छ ।


क्लिकमान्डु