आठ बिमा कम्पनीको बोनसदरः तीन वटाको बढ्यो, पाँचको स्थिर



काठमाडौं । सञ्चालनमा रहेका ८ वटा जीवन बिमा कम्पनीहरुले बिमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।

नेशनल लाइफ, एशियन लाइफ, सन नेपाल लाइफ, साविकको ज्योति लाइफ, साविकको सूर्या लाइफ, मेट लाइफ, आइएमई र सिटिजन लाइफ इन्स्योरेन्सले बोनसदर सार्वजनिक गरेका हुन् । यी कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को आर्थिक लेखा जोखा र दायित्वको मूल्याङ्कन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि नयाँ बोनसदर सार्वजनिक गरेका हुन् ।

इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका बिमालेहरु अन्तर्गत प्रतिवर्ष प्रतिहजार बिमाङ्कमा बोनसदर निर्धारण गरेको जनाएका छन् ।

कम्पनीहरुले सार्वजनिक गरेको बोनसदर तालिका अनुसार ८ वटा कम्पनीमध्ये ३ वटाको बोनसदर बढेको छ । भने ५ वटा कम्पनीको बोनसदर स्थिर छ ।

कम्पनीहरुले सार्वननिक गरेको बोनसदर तालिका अनुसार नेशनल लाइफ, सन नेपाल लाइफ, साविकको ज्योति लाइफ, आइएमई लाइफ र साविकको सूर्या लाइफको बोनसर स्थिर रहेको छ ।
यस्तै, एशियन लाइफ, सन नेपाल र सिटिजन लाइफको बोनसदर भने बढेको हो ।

नेशनल लाइफले आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिहजार न्यूनतम ६३ रुपैयाँ र अधिकतम ८५ रुपैयाँसम्म बोनस दर कायम गरेकोमा आर्थिक वर्ष २०७८/७९ मा सोही बोनस दर निर्धारण गरेको छ ।
एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ मा बिमितलाई प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले आव २०७७/७८ का न्यूनतम ४० रुपैयाँदेखि प्रतिहजार अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको थियो ।

सन नेपाल लाइफले आर्थिक वर्ष २०७८/७९ मा बिमितलाई प्रति वर्ष प्रतिहजार न्यूनतम २९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले आव २०७७/७८ का प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर दिएको थियो ।

साविकको ज्योति लाइफ इन्स्योरेन्सले आव २०७८/७९ मा बिमितलाई प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले आव २०७७/७८ मा पनि यही बोनसदर कायम गरेको थियो ।

साविकको सूर्या लाइफले आव २०७८/७९ मा बिमितलाई प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले आव २०७७/७८ मा पनि यही बोनसदर कायम गरेको थियो ।

मेट लाइफले आव २०७८/७९ मा बिमितलाई प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले आव २०७७/७८ मा पनि यही बोनसदर कायम गरेको थियो।

सिटिजन लाइफ इन्स्योरेन्सले आव २०७८/७९ मा बिमितलाई प्रतिहजार अधिकतम ७५ रुपैयाँदेखि न्यूनतम २५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। इन्स्योरेन्सले आव २०७७/७८ मा न्यूनतम प्रतिहजार २५ रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनसदर कायम गरेको थियो ।

यस्तै, आइएमई लाइफले आव २०७८/७९ मा बिमितलाई प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ। इन्स्योरेन्सले आव २०७७/७८ मा पनि सोही बोनसदर कायम गरेको थियो ।

बिमितले पाउने बोनसदर हरेक वर्ष थपघट हुन्छ । बिमा कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा वितरण हुने बोनसलाई मुनाफामा सरिक हुने बोनसदर भनिन्छ ।

बिमितले कम्पनीले नाफा आर्जन गरेअनुसार बोनस प्राप्त गर्छन् । जीवन बिमा कम्पनीहरूले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् । कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बिमितहरुलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु