सेयर बजारमा सामान्य गिरावट आउँदा कसले कमाए, कसले गुमाए ?




काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा सामान्य गिरावट आएको भएपनि कारोबार रकममा भने सुधार हुन सकेको छैन । पछिल्लो समय कारोबार रकम निरन्तर घटिरहेको छ ।

बजार मापन गर्ने सूचक ४.२७ अंकले घटेर परिसूचक १८६६.४० बिन्दुमा रोकिएको छ । मंगलबार २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता सेयर ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँमा सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १.०६, जलविद्युत २०.६६, माइक्रोफाइनान्स २०.६०, निर्जीबन बीमा २६.२५, ट्रेडिङ समूहको उपसूचक ३१.५७ अंकले घटेको छ ।

कारोबारमा विकास बैंक १.५९, वित्त २.१८, होटल १०.७७, जीवन बीमा ३.९३, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ९.८७ अंकले बढेको छ ।

बजारमा समान्य गिरावट आउँदा आत्मनिर्भर, गुँरास लघुवित्त, पिपुल्स पावर, सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले कमाएका छन् । यस्तै स्वेत गंगा हाईड्रोपावर, मिथिला लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, सानिमा मिडल तमोर हाईड्रोका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु