लाभांश घोषणा गरेलगत्तै किन रोकियो राष्ट्र उत्थान लघुवित्तको कारोबार ?



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेलगत्तै कम्पनीको सेयर कारोबार पनि रोकिएको छ ।

कम्पनीले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । वैशाख १३ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
यस्तै लाभांश घोषणा गरेलगत्तै नेप्सेले संस्थालाई तीन दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

वैशाख १३ गते नै लाभांश घोषणा गरेको र आज लाभांशको जानकारी गराएको भन्दै कारोबार रोक्का गरेको छ ।


क्लिकमान्डु